रुपन्देहीमा श्रोत नखुलेको साढे १६ लाखसहित एक पक्राउ

बुटवल। रुपन्देहीमा श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय श्यामकुमार बनियालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

बनियालाई भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए। उनले लु३९प ४४५७ नम्बरको स्कुटरमा उक्त रकम लुकाएर राखेका थिए।

बनियाले उक्त रकमको श्रोत खुलाउन नसकेपछि उनलाई रकमसहित राजश्व अनुसन्धान कार्यालय पठाएको छ।

अन्य सम्बन्धित समाचार:  घुस लिएको अभियोगमा पक्राउ