सिरहाका सन्तोष साह ‘बीबीसी मास्टर सेफ’को फाइनल राउन्डमा

काठमाडौं। नेपाली सेफ सन्तोष साह ख्यातिप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को फाइनल राउन्डमा प्रवेश गरेका छन्। ‘बीबीसी वान’ मा प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी बनाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका हुन्। आफू योमरी बनाएर सेमिफाइनलमा पुगेपछि सन्तोसले सामाजिक सञ्जालमा योमरीको स्वादको बारेमा लेखेका छन्।

उनीसँग अब ६ जना मात्र प्रतिस्पधी बाँकी छन्। फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदैछ।

बिहीबारको इपिसोडमा सन्तोषले योमरीसहित निर्णायकको आग्रहमा चिकेन चिल्ली, हट एन्ड सावर सुप, क्रिस्पी नूडल्सलगायत इन्डो चाइनिज परिकार र अचार पनि बनाएर खुवाए। प्रतियोगितामा सहभागी कुल ३२ व्यावसायिक सेफमध्ये विभिन्न चरण पार गर्दै टप ६ सम्मको यात्रा तय गर्न सफल सन्तोषले यसलाई आफ्नो करियरकै ठूलो उपलब्धि भनेका छन्।

अन्य सम्बन्धित समाचार:  धर्नामा बसेका व्यक्तिको जीवन रक्षा गर्न आयोगको आग्रह

गत मंगलबार सेमिफाइनलको पछिल्लो राउन्डमा उनले नेपालको हिमाली ‘कुइजिन’बाट प्रेरित भुटेको काँक्रोको बियाँ, भुटेको कटहरको बियाँ, वन तरुल, प्याजको अचार, स्याउको चट्नीलगायत परिकार प्रस्तुत गरेका थिए। त्यसअघि सन्तोषले भेडाको पोलेको मासु, मासुको झोल, सिस्नु, बेथेको साग, भाङको चटनी, आलु तरकारी, मकैको रोटी, तामाको अचारजस्ता मौलिक नेपाली परिकार पस्किएका थिए। सन्तोषले उक्त प्रतियोगितामा नेपाली परिकारहरु पस्कँदै आएका छन्।

सिरहाको कर्जन्हा स्थायी ठेगाना भएका उनी २ दशकअघि एसएलसी फेल भएपछि १५ वर्षको कलिलो उमेरमै भारत पुगेर भाँडा माझ्ने काम गर्दै पाँचतारे होटलको एक्जेक्युटिभ सेफसम्म बन्न सफल भए। सन् २०१० अन्त्यतिर वर्क पर्मिटमा बेलायत गएको एक दशक नबित्दै सन्तोष सफलताको शिखरमा लम्कँदैछन्। उनी बेलायतमा निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जेक्युटिभ सेफसम्म भइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  नागरिक आन्दोलनमा प्रहरी दमन निन्दनीयः प्रकाशमान सिंह