ललिता निवास प्रकरण: अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्‍न आदेश

काठमाडौँ। विशेष अदालतले आज भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ।

आइतबार विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो। बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको आरोप थियो ।

अन्य सम्बन्धित समाचार:  धर्नामा बसेका व्यक्तिको जीवन रक्षा गर्न आयोगको आग्रह