उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारी निर्णय

काठमाडाै‌। उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय सरकारले गरेको छ। गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो।

बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि सहभागी थिए। ‘बैठकले किसानको रकम उपलब्ध नगराउने व्यापारीलाई पक्राउ गर्ने निर्णय भएको छ,’ गृह स्रोतले भन्यो। पैसा नपाएपछि अहिले उखु किसानहरूले सडकमा आन्दोलन गरिरहेका छन्।

 

अन्य सम्बन्धित समाचार:  माघको अन्तिम सातादेखि रेल सञ्चालनमा आउने