संवैधानिक परिषद् अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन्। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरे लगत्तै प्रतिक्रिया दिँदै प्रचण्डले तत्काल खारेज हुनुपर्ने बताएका हुन्।

प्रचण्डले सबै राजनीतिक दलले संसद अधिवेशन आह्वान गर्न माग गरिराखेको अवस्थामा अध्यादेश ल्याउनु गलत भएको भन्दै यस्तो बताएका हुन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको उल्लेख गरेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधि सभाः हिउँदे अधिवेशन आइतबार सुरु हुँदै