फोर्ब्सकाे सूचीको शीर्ष स्थानमा गायिका नेहा कक्कड पर्न सफल

एजेन्सी। भारतीय गायिका नेहा कक्कड फोर्ब्सले सार्वजनिक गरेकाे सूचीको शीर्ष स्थानमा पर्न सफल भएकी छिन्। सबैभन्दा प्रभावशाली सेलिब्रिटीको सूचीमा परेलगतै उनले सामाजिक सन्जालमा पहिलो स्थानमा अटाएकाे खवर पोस्ट नै गरेकी छिन्। फोर्ब्सको यो सूचीमा १२ जना भारतीय मात्रै पर्न सफल भएका छन्। जसमा अमिताभ बच्चनजस्ता चर्चित हस्तीहरुलाई उछिन्दै नेहा पहिलो स्थानमा आएकी हुन्।

उनले लेखेकी छिन्, “स्वयंप्रति निकै गर्वान्वित छु। तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्।जसको हिस्सा म पनि भएको छु। धन्यवाद भगवान्! तपाईंहरु सबैलाई पनि धन्यवाद।” उनले लेखेकी छिन्।

 

 

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!