कांग्रेसको बुधबार पदाधिकारी बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

बैठक बुधबार दिउँसो १ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा अध्यादेशपछिको अवस्थाका बारेमा छलफल हुनेछ। सो बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने बताइएको छ।

कोरम नपुगेर पटक पटक संवैधानिक परिषद् बैठक स्थगित भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेका थिए।

लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेकी थिइन्। अध्यादेशको चौतर्फी विरोध भएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक