चितवन। राप्ती टिमले गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि जितेको हो। भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमा समेटियो।
नारायणीका लागि आरिफ शेखले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४८ रन बनाए। रित गौतम र इशान पाण्डेले समान २७ रन बनाए। राप्तीका अविनास बोहराले ३ तथा भुवन कार्कीले २ विकेट हात लिए।
यसअघि पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १४३ रन बनाएको थियो। राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए। कप्तान बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १७ र शरद भेषवाकरले १० रन बनाए।
नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ तथा कप्तान करन केसीले एक विकेट लिए। उदीयमान खेलाडी नारायणीका शाहाब आलम घोषित भए।
उत्कृष्ट ब्याट्सम्यान राप्तीका कुशल भुर्तेल तथा उत्कृष्ट बलर नारायणीका करन केसी घोषित भए।
प्रतियोगिताका उत्कृष्ट खेलाडी अविनास बोहरा भए। प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको हो।