नेकपाको स्थायी कमिटी बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्दैछ। यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको बैठक बुधबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

बैठकमा पार्टीभित्रको विवादबारे छलफल गर्ने भएपनि अब अध्यादेश प्रकरणपछि बैठकमा नयाँ एजेन्डाको प्रवेश हुनसक्ने देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मगंलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरु असन्तुष्ट बनेका छन्। यसले नेकपाको बुधबारको बैठक समेत थप पेचिलो बन्ने देखिएको छ।

मङ्सिर २१ गतेको बैठकमा पत्र पठाएर अनुपस्थित रहेका प्रधानमन्त्री ओली २८ गतेको बैठकमा उपस्थित भएका थिए। अध्यादेश ल्याएर एक्लिएका ओली आजको स्थायी कमिटी बैठकमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने सबैको चासोको विषय बनेको छ।

अन्य सम्बन्धित समाचार:  माधव नेपाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता