अछाममा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

अछाम। अछाममा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। मध्य पहाडी राजमार्ग अन्तरगत पन्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा मंगलबार साँझ टिप्पर दुर्घटना हुँदा चालक प्रकाश चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कायार्यालयले जनाएको छ।

टिप्परका दुई जना सहयोगी डम्बर साउद र योगेश कठायत घाइते भएको प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए।

उनीहरूलाई उपचारका लागि धनगढी पठाइएको डिएसपी थापाले बताए। गैरिटाँडबाट विनायक तर्फ गरिरहेको से १ क ७५४ नम्बरको टिप्पर सडकबाट ५ सय मिटर तल खसेको थियो।

अन्य सम्बन्धित समाचार:  स्कुटर र नगद लुटपाट गरेको अभियोगमा ट्याक्सी चालक पक्राउ