गोरखामा बस दुर्घटना, ५ जना गम्भीर घाइते

काठमाडौं। बस दुर्घटना हुँदा गोरखामा ५ जना गम्भीर घाइते भएका छन्। काठमाडौंबाट आरुघाट गाउँपालिकाको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४४६ नम्बरको बस भिमसेन थापा गाउँपालिकाको तान्द्राङमा दुर्घटना हुँदा भिमसेनथापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, ३० वर्षका मनोज पुडासैनी, २९ वर्षका उज्ज्वल पुडासैनी, धार्चे गाउँपालिका–६ का ५० वर्षका सुरमान घले र केरौंजाकी ३२ वर्षकी कान्छी गुरुङ गम्भीर घाइते भएका हुन्।

सुरमान र कान्छीको गोरखा अस्पतालमा उपचार भैरहेको छ भने अन्य ३ जनालाई काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए। बसमा करिब ४० जना यात्रु सवार रहेको र अन्यको अवस्था सामान्य रहेको अधिकारीले बताए। तान्द्राङको मुरलीचोक भन्ने ठाउँ नजिकैबाट बस करिब १ सय फीट तल खसेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  जडीबुटीमा ग्यास बोक्ने बुलेट दुर्घटना

चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट जानकारी आएको प्रहरीले जनाएको छ। चालक वेपत्ता छन्।