राष्ट्रपति र प्रधानमन्त्रीमाथि महाअभियोग लगाउः बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन्। डाक्टर भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको भन्दै तत्काल संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने बताएका हुन्।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर महाअभियोग प्रक्रियामा जानुपर्ने उनको भनाई छ।

सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भईरहेको छ।

अन्य सम्बन्धित समाचार:  जसपाको बैठक स्थगित