म्यानचेस्टर सिटी वेष्ट ब्रोमसँग बराबरीमा रोकियो

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति वेष्ट ब्रोमसँगको खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा भएको खेलमा ३०औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा इल्काइ गुण्डोगानले पहिलो गोल गरे। खेलको ४३औँ मिनेटमा रुबेन डियाजले आत्मघाती गोल गरेपछि वेष्ट ब्रोमले खेलमा बराबरी गरेको हो।

बराबरीपछि १२ खेलबाट २० अंक जोडेको सिटी छैटौँ स्थानमा पुगेको छ भने पुछारबाट दोस्रो स्थानमा रहेको वेष्ट ब्रोमको १३ खेलबाट सात अंक छ।

यस्तै मंगलबार राति नै भएको खेलमा वुल्भ्सले चेल्सीलाई २–१ गोलले पराजित गर्यो। चेल्सीका लागि खेलको ४९औँ मिनेटमा ओलिभर जिरउडले पहिलो गोल गरे।

वुल्भ्सका लागि खेलको ६६औँ मिनेटमा पोडेन्से तथा खेलको ९५औँ मिनेटमा नेटोले गोल गरे। पराजित भएको चेल्सीको १३ खेलबाट २२ अंक छ।

अन्य सम्बन्धित समाचार:  आइपिएल– बेंगलोर र हैदराबाद भिड्दै

वुल्भ्सको २० अंक छ। वुल्भस १०औँ स्थानमा छ।