राष्ट्रपति र प्रधानमन्त्रीलाई हटाउन तरुण दलको माग

काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन माग गरेको छ।

तरुण दलले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर तथा प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको हो।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बताए।

राष्ट्रपतिको भूमिका नागरिकको अभिभावकको नभएको बल्की संविधानको भक्षक जस्तो देखिन आएको उनको आरोप छ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्न तरुण दलले माग गरेको छ।

अन्य सम्बन्धित समाचार:  के म मान्छे मार्दै, बिधुवा बनाउँदै हिँडौं?: प्रधानमन्त्री