सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार?

सुनको भाउ

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको हो।

बुधबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोल ९२ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै तेजावी सुन बुधबार तोलामा ८०० रूपैयाँले वृद्धि भइ ९२ हजार ६५० रुपैयाँ कायम भएको छ।

दुई दिन स्थिर रहेको चाँदीको मूल्य पनि बढेको छ। आज ३० रूपैयाँले बढ्दै चाँदी प्रतितोला १ हजार २३० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।

 

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य घट्यो