संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट

प्रतिनिधिसभा

काठमाडौं। सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सरकारले ल्याएको अध्यादेशले राज्यका निकायहरूको सन्तुलन बिगारेको तथा संविधानमाथि नै जालसाजी गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार रिट दायर गरेका हुन्।

आफूले रिट दर्ता गरेको र प्रशासनिक कामहरु बाँकी रहेको अधिवक्ता अर्यालले बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अवान्छित स्वार्थसिद्धिका लागि संवैधानिक नैतिकतालाई तिलान्जली दिएको दावी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकमा जानकारी नदिइकनै अध्यादेश ल्याएका थिए। प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई