भोजपुरी चलचित्र ‘माही’मा नीता ढुंगाना

काठमाडौं। अभिनेत्री नीता ढुंगानाले भोजपुरी चलचित्र ‘माही’मा अभिनय गर्ने भएकी छन्। यस अगाडि निर्माण युनिटले काजल राघवानीसँग सम्झौता गरेको

थियो। तर, उनले विशेष कारणले फिल्म गर्न नसक्ने भएपछि चलचित्रमा नीता अनुबन्धित भएकी हुन्।

नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तले यो फिल्म निर्देशन गर्न लागेका छन्। भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनित फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि पन्त भोजपुरी स्टारको समेत रोजाइमा पर्न सफल भएका हुन्। उनले भोजपुरी फिल्ममा नेपाली कलाकार र प्रविधिकलाई पनि अवसर दिने गरेका छन्। नीताले यस अगाडि पनि भोजपुरी फिल्ममा काम गरिसकेकी छन्। कात्यायन फिल्मस् क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले निर्माण गर्न लागेका हुन्।

अन्य सम्बन्धित समाचार:  पल शाहविरुद्ध उजुरी, कुटपिट गरेको आरोप

फिल्ममा नीताका साथै आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मको छायाँकन आगामी फेब्रअरीबाट सुरु हुने छ।