खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

खोटाङ। खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बुधबार खोटेहाङ–६ सिम्पानी रोक्सिङ सहायक सडकखण्डमा सुपप्र ०१–००२ त ४२९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँँदा ट्र्याक्टरका सहचालक उदयपुर लिम्चुङबुङ–४ बल्मताका १८ वर्षीय किरण राईको घटस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

घाइते भएका ट्र्याक्टर चालक १९ वर्षीय टुजन राईको गाईघाट अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट विदेशमा थप २ नेपालीको मृत्यु