कोरोनाबाट पोखरामा दुई जनाको मृत्यु

काठमाडौ। कोरोना संक्रमणबाट कास्कीको पोखरामा दुई जनाको मृत्यु भएको छ। पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-१२ र पोखरा -१ का एक एकजना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए।

पोखरा-१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो। उनमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखरा-१ का ७६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो। उनमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। डा. शर्माका अनुसार उनी मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  टेकुमा कोरोना संक्रमितको मात्र उपचार हुने