सभापति देउवालाई गगन थापाको चार प्रस्ताव

 

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई ४ वटा प्रस्ताव गरेका छन्। बुधबार दिउँसो बस्ने केन्द्रीय पदाधिकारी बैठकको पूर्वसन्ध्यामा नेता थापाले संसद बैठकका लागि निवेदन दर्तादेखि अध्यादेश फिर्ताका लागि बाध्य पार्नेसम्मको अनुरोध गरेका हुन्।

उनले उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प पार्न र उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गर्न पनि अनुरोध गरेका छन्।

थापाले पटक पटक पार्टी बैठकमा बरालिएका प्रधानमन्त्रीलाई बाँध्न, संसद अधिवेशन बोलाउन बाध्य पार्न, उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजान र संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पार्न आग्रह गरे पनि यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको भन्दै नेतृत्वप्रति गुनासो पनि गरेका छन्।

अन्य सम्बन्धित समाचार:  नेम्वाङ कटाक्ष: केपीलाई कारबाही गरेका को अध्यक्ष हुनु भो रे? नाम बिर्सेँ मैले!

बुधबारको बैठकमा यी विषयलाई फेरि उजागर गरी अघि बढ्न उनले अनुरोध गरेका छन्।