नेकपा स्थायी कमिटी बैठक बस्न ढिलाइ: अध्यक्षद्वय र महासचिव पौडेल छलफलमा

काठमाडाै‌। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्न ढिला भएपछि अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेल छलफलमा बसेका छन्। एक बजेका लागि डाकिएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष उपस्थित नभएपछि फेरि अध्यक्षद्वयले विष्णु पौडेललाई राखेर छलफल गरेका हुन्।

एक घन्टा अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। छलफलपछि प्रचण्ड स्थायी कमिटी बैठकस्थलमा पुगेका थिए। तर, ओली बैठकमा नआएपछि पुन: प्रचण्ड उनीसँग छलफल गर्न निस्किएका हुन्। ‘दुई अध्यक्ष र महासचिवबिच अहिले पुन: छलफल सुरु भएको छ। स्थायी कमिटीको बैठक सुरु हुन सकेकाे छैन।

अन्य सम्बन्धित समाचार:  जसपाको बैठक स्थगित

मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्ताव माथि छलफल हुने बताइए पनि ठोस रुपमा छलफलमा प्रवेश पाइसकेको छैन।