सत्तारूढ नेकपाको स्थायी समिति बैठक सुरू

काठमाडाै‌। सत्तारूढ नेकपाको स्थायी समिति बैठक ४ बजेबाट सुरू भएको छ। बैठकमा प्रधानमन्त्रीसमेत उपस्थित रहेका छन्। दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिलाे गरी प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ। राजनीति ‘संग्ल्याउन’ अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच दोस्रो पटक बैठक बसेपछि प्रधानमन्त्री कमिटी बैठकमा बस्न राजी भएका हुन्।

गत २१ र २८ गते बसेको स्थायी कमिटीको बैठककै निरन्तरता स्वरुप आजको बैठक बसेको हो। अध्यद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल हुने कार्यसूची तय गरिएको थियो। तर, त्यसलाई ओलीले अस्वीकार गरेपछि बैठक बस्न सकेको थिएन।
अन्य सम्बन्धित समाचार:  प्रचण्डको समुहमा लागेपछि बादलले स्वकीयसचिव तामाङलाई हटाए