थप ७३६ जनामा कोरोना संक्रमण, ८४७ डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको विभिन्न प्रयोगशालामा ५ हजार ५ सय ५५ जनाको नमूना परीक्षण गर्दा काठमाडौं उपत्यकामा ३९१ जनासहित देशभर ७ सय ३६ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ सय ४७ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ। हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्। कोरोनाका गम्भीर २८९ जनाको आईसीयूमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री

सोही अवधिमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।