मानव विकास सूचकांकमा नेपाल १४२ औं स्थानमा

काठमाडौं। मानव विकास सूचकमा पाँच स्थान सुधार गर्दै नेपाल १४२ औं स्थान पाउन सफल भएकाे छ। बुधबार राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले जारी गरेको सूचकांकमा नेपाल १४७ औं स्थानबाट पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लेको हो। १८९ देशहरु समावेश मानव विकास सूचकांकमा ०.६०२ सूचक प्राप्त गरेको नेपाललाई मध्यम मानव विकास सूचीमा राखिएको छ।

विश्वको औशत सूचकभन्दा नेपाल अझ धेरै तल नै छ। विश्वव्यापी तुलना गर्दा विश्वभर ०.७३७ सूचक प्राप्त छ। त्यस्तै लैंगिक विकास सूचक विश्वमा ०.९४३ हुँदा नेपालको ०.९३३ रहेको छ। मानव विकास सूचकांकमा औशत नेपालीको आयु ७०.८ वर्ष पुगेको छ। १९९० मा ५४.४  वर्ष रहेकोमा २०१८ मा ७०.५ वर्ष थियो।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड-नेपालको शक्ति प्रदर्शनले उपत्यकाको सडक अस्तव्यस्त

यूएनडीपीले दीर्घ स्थास्थ्य जीवन र औशत आयु, शिक्षा, आम्दानी, मानव अधिकार, सामाजिक सुरक्षा लगायतका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। बुधवार एक कार्यक्रमबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिवेदन सार्वजनिक गरेका हुन्। त्यस्तै कुल राष्ट्रिय आय प्रति व्यक्ति ३ हजार ४५७ डलर रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, गरिबीको तथ्यांक कुल जनसंख्याको ३४ प्रतिशत रहेको उल्लेख छ। सूचकांकमा प्रति एक लाखमा २.३ जनाको हत्या हुने गरेको उल्लेख छ। त्यस्तै इन्टरनेट प्रयोगकर्ता कूल जनसंख्याको ३४ प्रतिशत रहेको उल्लेख छ।