‘पुस १० गतेबाट सिनेमा हल खाेल्ने निर्णयबाट पछि हट्दैनाैं’

काठमाडौं। चलचित्र संघले सरकारले सिनेमा हल खोल्ने निर्णय नगरे पनि पुस १० गतेबाट सिनेमा हल खोल्ने पूर्व निर्णयबाट आफूहरु पछि नहट्ने जनाएको छ। अधिकांश पेसा तथा व्यवसाय सुचारु भईसक्दा पनि सिनेमा हल खोल्ने अनुमति नदिएको भन्दै नेपाल चलचित्र संघले पुस १० गतेबाट सिनेमा हल खोल्ने घोषणा गरेकाे हाे।

चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले अब कुनै पनि अवस्थामा निर्णयबाट पछि नहट्ने जनाँउदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हल खोल्न सर्कुलर गरिसकेकाे उल्लेख गरे। उनले सिनेमा प्रदर्शनका लागि वितरकहरुसँग पनि कुरा भइसकेको  बताए।

अन्य सम्बन्धित समाचार:  रहेनन् ‘यो दाजुको मिर्मिरे आँखा’का सर्जक धनबहादुर गायक