नेकपा बैठक निर्णय: ५ गते स्थायी र १० गते केन्द्रीय समिति बैठक बस्ने

काठमाडाै‌। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीकाे स्थायी कमिटी बैठक सकिएको छ। बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा स्थायी समिति बैठक ५ गते र केन्द्रीय समितिको बैठक १० गते बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्बाट कुनै निर्णय नभएको प्रष्टोक्तिसमेत दिएका थिए।

अन्य सम्बन्धित समाचार:  माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?