पहिलो टेस्टमा खेल्ने भारतीय टाेलीको घोषणा

एजेन्सी। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अष्ट्रेलियाविरुद्ध पहिलो टेष्टको लागि खेलाडीकाे सूची सार्वजनिक गरेको छ। बुधबार बीसीसीआईले अष्ट्रेलियाविरुद्धकाे खेलका लागि खेलाडीको नाम सार्वजनिक गरेको हो।

बिहिबारबाट अष्ट्रेलियाकोको एडिलेडमा टेष्ट सिरिज सुरु हुँदै छ। भारतीय टोलीलाई विराट कोहलीले कप्तानी गर्नेछन्। भारतीय टिममा पहिलो टेष्टका लागी एक मात्र स्पिनर सामेल गरिएको छ। टोलीमा कोहलीसँगै मायाङ्क अग्रवाल, पृथ्वी श, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, हनुमा विहारी, ऋद्दिमन शाह, रविचन्द्रन आश्विन, मोहमद शामी, उमेश यादब र जसप्रित बुम्राह रहेका छन्।

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले यसअघि एक दिवसीय र टी-ट्वेण्टी सिरिज खेलिसकेको छ। एक दिवसीय अन्तराष्ट्रिय सिरिज अष्ट्रेलियाले २-१ ले तथा टी-ट्वेण्टी सिरिज कब्जा गरेको थियो।

अन्य सम्बन्धित समाचार:  साम्बाको ह्याट्रिक: एपीएफको विजयी सुरुवात

बिहीबारबाट चार टेष्ट खेलको सृंखला सुरु हुँदैछ। भारतीय कप्तान विराट पहिलो टेष्ट पश्चचात अनुपस्थित हुनेछन्। विश्व टेष्ट च्याम्पियनशिप अन्तर्गतको टेष्ट सिरिज दुवै राष्ट्रको लागि महत्वपूर्ण रहेको छ।