एजेन्सी।
कोरोनाविरुद्धको खोपले अमेरिकामा आधिकारिकता पाउन सुरु भइरहँदा माइक्रोसफ्टका सीईओ बिल गेट्सले अमेरिकामा हिउँद सुरु हुन लागेकाले खोपको कार्यक्रम सकिउञ्जेलसम्मका हिउँदका केही महिनामा कोरोनाको प्रकोप अझ भयावह हुनसक्ने बताएका छन्।
‘आउँदा ४ वा ६ महिना कोरोना महामारीका हिसाबले अति भयावह हुन सक्छ,’ स्टेट अफ द युनियन नामक कार्यक्रममा सीएनएनका जेक ट्यापरसँगको अन्तरवार्तामा गेट्सले भने।
गेट्सले अहिले इंगित गरेको तथ्य लामो समयदेखि जनस्वास्थ्य विशेषज्ञहरुले बताउँदै आएको तथ्यसँग मेल खाएको छ। गेट्सले जस्तै उनीहरुले यस वर्षको हिउँदमा अमेरिकामा कोरोना महामारीले सबैभन्दा उग्र रुप लिने बताउँदै आएका थिए।
‘हामीले मास्क लगाउने र धेरै मान्छेहरुसँग घुलमिल नगर्ने नियम मात्र राम्ररी पालना गर्न सक्याैं भने पनि धेरै मात्रामा कोरोनाबाट हुने मृत्युलाई रोक्न वा घटाउन सक्छाैं’, गेट्सले भने, ‘छाेटकरीमा भन्नुपर्दा यो (यस वर्षको हिउँदमा अमेरिकामा कोरोना महामारीले सबैभन्दा उग्र रुप लिने) दु:खद् समाचार हाे।’