एजेन्सी। चीनको अन्तरिक्षयान च्याङ्ग’इ–५ चन्द्रमाबाट माटो र ढुंगा ल्याएर बुधबार पृथ्वीमा फर्किएको छ।
चीनले उक्त अभियानमा सफलता प्राप्त गरेको छ। चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण भएको हो।
चन्द्रमाबाट नमूना ल्याउउन पछिल्लो ४४ वर्षमा विश्वले पहिलो सफलता प्राप्त गरेको हो। तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो ल्याएको थियो।
चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचिमा चीनको नाम थपिएको छ। यसअघि उक्त काम अमेरिका र रुसले मात्रै गर्न सकेका थिए।