रोनाल्डोले पेनाल्टी गुमाउँदा युभेन्टस बराबरीमा

एजेन्सी। क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा इटलियन सिरी ए मा युभेन्टसले एटालान्टासँग १–१ गोलको बराबरी खेलेको छ।

बुधबार राति भएको खेलमा फेडेरिको सिसेको गोलमार्फत युभेन्टसले खेलको २९औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफमा अग्रता बनाएको युभेन्टसले घरेलु मैदान एलियान्ज रंगशालामा खेलको ५७औं मिनेटमा गोल खान पुग्यो।

एटालान्टाका लागि रेमो फ्रुलरले गोल गरे। खेलको ६१औं मिनेटमा युभेन्टसले गोल गर्ने अवसर पाएको थियो। रोनाल्डोले प्रहार गरेको पेनाल्टी एटालान्टाका गोलरक्षक पियरलुइगी गोलिनीले बचाए।

सिरी एमा बुधबार शीर्ष स्थानको एसी मिलानले पनि बराबरी खेल्यो। उसले रेलिगेसन जोनमा संघर्षरत जियोनासँग घरेलु मैदानमा २–२ गोलको बराबरी खेलेको हो। इन्टर मिलानले भने नापोलीलाई १–० गोलले हराएर दोस्रो स्थानमा ३ अंकको अग्रता बनाएको छ।

अन्य सम्बन्धित समाचार:  पाँचौँ आरबीबी एनभीए लिग भलिबल चैत तेस्रो साता

समान १२ खेलबाट शीर्ष स्थानको एसी मिलान २८, दोस्रो स्थानको इन्टर मिलान २७ तथा तेस्रो स्थानको युभेन्टसको २४ अंक छ।