ओलीले फेरि राखे वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः राखेका छन्।

वालुवाटारमा बुधबार बसेको स्थायी कमिटी बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए। पार्टीमा पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेकाले अब पालो वामदेवको भएको तर्क राखेका थिए।

यसबारे पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले भने कुनै प्रतिक्रिया दिएनन्। स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले भने ओलीको प्रस्तावमा समर्थन गरेका थिए।

गत वैशाखमा पनि ओलीले प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आए गौतमका लागि छोड्ने बताएका थिए।

ओलीले पटक पटक गौतमलाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्रीको कार्ड प्रयोग गर्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन