लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी। टोटनह्याम हट्सपरलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानका उक्लिएको छ।

बुधबार राति आफ्नै मैदान एन्फील्डमा भएको खेलमा ब्राजिलियन स्ट्राइकर रोबर्टो फर्मीनोले इन्जुरी समयमा निर्णायक गोल गरेपछि लिभरपुल २–१ गोलले विजयी भएको हो।

यसअघि लिभरपुलका लागि मोहोमद सालाहले पहिलो गोल गरेका थिए। टोटनह्यामका ह्युङ मिन सनले गोल गरेका थिए। जितपछि लिभरपुलले प्रिमियर लिग फुटबलको अंक तालिकाको शिर्ष स्थानमा टोटनह्यामसँग ३ अंकको अग्रता लिएको छ।

१३ खेलबाट लिभरपुलको २८ अंक छ भने दोस्रो स्थानको टोटनह्यामको २५ अंक छ। प्रियिमर लिगअन्तर्गत बुधबार राति भएका अन्य खेलमा एभर्टनले लेष्टर सिटीलाई २–० गोलले हरायो भने आर्सनलले साउथह्याम्पटनसँग १–१ गोलको बराबरी खेल्यो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री कप क्रिकेटः आज दुई खेल हुँदै

यस्तै लिड्स युनाईटेडले न्युकासल युनाईटेडलाई ५–२ गोलले हरायो भने वेष्ट ह्याम युनाईटेड र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका थिए।