नेकपा अध्यक्षद्वयलाई कमल थापाले भने, गणतन्त्रको धज्जी नउडाउनुहोस्

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजतन्त्रका पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले गाइजात्रा अति भएको भन्दै बन्द गर्न निर्देशन दिएका हुन्। थापाले लेखेका छन्, ’हामी जस्ता राजसंस्थासहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनुहोस्।’

उनले पछिल्ला राजनीतिक घटनाक्रमले अध्यक्षद्धयको भीमकाय व्यक्तित्व खिया परेर धुलिसात भएको उल्लेख गरेका छन्। “हिजो हिमालय पर्वत जस्तो भीमकाय तपाईहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भइसक्यो”, अध्यक्ष थापाले लेखेका छन्, “कमसेकम लोकजज्जाको त ख्याल गर्नुहोस्।”

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री

https://www.facebook.com/KamalThapaOfficial/posts/3669318073089600