एमसीसीद्वारा श्रीलंकासितको सम्झौता रद्द

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्परेसन (एमसीसी) बोर्डले श्रीलंकासितको सम्झौता रद्द गर्ने निर्णय गरेको छ।

एमसीसी बोर्डले उक्त निर्णय गरेको हो। यस अघि श्रीलंका सरकारले ४८० मिलियन डलर बराबरको सहयोग लिने घोषणा गरेको थियो।

श्रीलंकामा नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने निर्णय गरेसँगै एमसीसीले सम्झौता रद्द गरेको हो। श्रीलंकाले भूमि व्यवस्थापन र यातायात प्रणालीमा सुधारको लागि एमसीसीको अनुदान लिने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  भारतको महाराष्ट्रमा आजदेखि १५ दिनका लागि कफ्र्यू