ट्रम्पको हारमा हामी धेरै खुशी छौंः इरानी राष्ट्रपति

काठमाडौं। इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सरकार छाड्न लागेकोमा खुशी व्यक्त गरेका छन्। इरानी टेलिभिजनमार्फत भाषण दिँदै राष्ट्रपति रुहानीले ट्रम्पको हारमा आफूलार्ई खुशी लागेको प्रतिक्रिया दिएका हुन्। राष्ट्रपति रुहानी भन्छन्,‘म बाइडेनको जितले धेरै उत्साहित भए। त्यसो होइन, हामी ट्रम्पले सरकार छाड्न लागेकाले धेरै खुशी भएका हौं।’

भाषणकै क्रममा राष्ट्रपति रुहानीले ट्रम्पको शासनकालमा बिग्रेको इरान र अमेरिकाको सम्बन्ध बाइडेनको कार्यकालमा सुध्रिने विश्वास व्यक्त गरे। राष्ट्रपति रुहानीले ट्रम्पकै आदेशमा इरानका सेना प्रमुख कासीम सलेमाीको हत्या भएको दाबी गर्दैै ट्रम्पका कारण अमेरिका र इरानको सम्बन्धमा तुषारापात आएको उल्लेख गरे।

राष्ट्रपति पदबाट हार ब्यहोरेपछि ट्रम्प इरानमा मिसाइल आक्रमण गर्ने तयारीमा रहेको जानकारी आफूले पाएको रुहानीको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी