भारतमा आन्दोलनरत एक किसानद्वारा आत्महत्या

एजेन्सी। भारतको राजधानी दिल्लीमा आन्दोलनरत एक किसानले आत्महत्या गरेका छन्।

भारतको हरियाणा राज्यको करनाल जिल्लाका ६५ वर्षीय रामसिंह सिंघडाले बुधबार साँझ आफैले गोली हानी आत्महत्या गरेका हुन्।

भारतीय प्रहरीले उनको साथमा पञ्जाबी भाषामा लेखिएको एउटा पत्र भेटाएको छ। पत्रमा पीडा सहन गर्न नसकिरहेको कुरा उल्लेख गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

सिंघडाको शव करनालकै एक अस्पतालमा राखिएको छ। घट्नाबारे भारतीय प्रहरीले अनुसन्धान थालेको छ।

अन्य सम्बन्धित समाचार:  जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु