काठमाडौं। अभिनेत्री मनिषा कोइरालाले गीत रेकर्ड गराएकी छिन्। सांगितिक समूह सुर सुधासित मिलेर उनले गीत रेकर्ड गराएकी हुन्।
कोइरालाले उक्त गीतमा मृत्युञ्जयको मन्त्रोच्चारण गरेकी छिन्। पछिल्लो समय गायनमा रुचि राख्ने गरेकी कोइराला अहिले गीतको छायाकंनमा व्यस्त रहेकी छिन्।
रुचि भएकै कारण आफु गायनमा लागेको उनले बताइन्।
कोइरालाले क्यान्सर रोगलाई जितेपछि ‘हिल्ड’ नामक पुस्तक समेत लेखेकी थिइन्।