काठमाडौं। नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रफेसनल्स २०२० युके’ को शीर्ष तीनमा प्रवेश गरेका छन्।
बुधबार राति आमाले बाल्यकालमा खुवाउने गरेको खाजा पस्किएर साह मास्टर सेफको शीर्ष तीनमा पुग्न सफल भएका हुन्।
नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिएका थिए।
सन्तोषले प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायत परिकार तयार पारेका थिए। बिहीबार प्रतियोगिताको फाइनल हुँदैछ।