काठमाडौं। नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपयाँले वृद्धि भएको हो।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रहेको थियो भने बिहीबार मूल्य बढेर प्रतितोला ३ हजार ५ सय कायम भएको छ। त्यस्तै तेजाबी सुन भने ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्यमा बिहीबार प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ रहेकोमा बिहीबार मूल्य वृद्धि भएर चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइहेको महासंघले जनाएको छ।