एजेन्सी। सन् २०३० मा एसियाली खेलकुद प्रतियोगिताको आयोजना कतारले गर्ने भएको छ।
ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाले मतदान मार्फत सन् २०३० को एसियाली खेल प्रतियोगिताको आयोजना कतारलाई गर्न दिने निर्णय गरेको हो।
सन् २०३४ को एसियाली खेलकुद प्रतियोगिता भने साउदी अरबले आयोजना गर्नेछ। सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि कतार र साउदी अरबले दाबी गरेका थिए।
एसियन ओलम्पिक परिषद् (ओसीए)को साधारण सभाले कतारलाई मतदानमार्फत आयोजनाको जिम्मेवारी दिएको हो।