‘कमेडी च्याम्पियन सिजन-२’ माघबाट सुरु हुने

काठमाडौं। रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’ आगामी माघबाट प्रसारणमा आउने भएको छ। स्ट्याण्ड-अप कमेडीमा आधारित यो रियालिटी शोको अहिले अडिसन चरणको छायाँंकन सुरु भएको छ।

कार्यक्रममा सहभागिता जनाउनका लागि ६ हजार भन्दा बढी सहभागीले अनलाइनमार्फत डिजिटल अडिसन दिएको निर्देशक विशाल भण्डारीले जानकारी दिए। डिजिटल अडिसनका लागि प्राप्त भिडियाको प्रारम्भिक मूल्यांकनपछि १ सय ८० जना प्रतिस्पर्धीहरुलाई सामाजिक दुरी पालना गर्दै भौतिक अडिसनका लागि बोलाइएको छ।

अघिल्लो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई तथा ऋचा शर्मा नै यो सिजनमा पनि निर्णायकको रुपमा रहेका छन्।

अन्य सम्बन्धित समाचार:  भारतीय अभिनेत्री कंगना रनाबतको ट्वीटर ह्याण्डलमाथि अस्थायी प्रतिबन्ध