तालबाराही मन्दिर सर्वसाधारणको लागि खुला

पोखरा। फेवातालको बीचभागमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल तालबाराही मन्दिर खुला गरिएको छ। कोरोनाका कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणको लागि बिहीबारदेखि खुला गरिएको हो।

मन्दिर प्रवेशका लागि भौतिक दूरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार मन्दिर बन्द रहेको अवस्थामा पूजारीमार्फत नित्य पूजा भने हुँदै आएको थियो।

अन्य सम्बन्धित समाचार:  स्कुटर र नगद लुटपाट गरेको अभियोगमा ट्याक्सी चालक पक्राउ