पहिलो टेस्ट: भारतको मध्यम सुरुवात, दुई ब्याट्स्म्यान सस्तैमा आउट

एजेन्सी।

अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारतले मध्यम सुरुवात गरेको छ। एडिलेडमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको भारतका दुई सुरुवाती ब्याट्सम्यान पृथ्वी श र मायांक अग्रवाल सस्तैमा आउट भए। ओपनर ब्याट्सम्यानको रुपमा मैदान छिरेका पृथ्वी शून्य रनमा पेभेलियन फर्किए। पहिलो ओभरको दोस्रो बलमै उनी अष्ट्रेलियाका बलर मिचेल स्टार्कको हातबाट बोल्ड हुन पुगे।

त्यसैगरी सुरुवाती ब्याट्स्म्यानका रुपमा पृथ्वी श सँगै क्रिजमा आएका मायांक अग्रवाल भने खेलको १९ औं ओभरको पहिलो बलमा प्याट कमिन्सको हातबाट बोल्ड भए। उनी आउट हुँदा टिमको स्कोर ३२ रन थियो भने उनको व्यक्तिगत रन १७ थियो।

पृथ्वी श को ठाउँमा चेतेश्वर पुजारा र अग्रवालको ठाउँमा कप्तान विराट कोहली क्रिजमा छन्। यति बेला भारतले ३९ ओभरमा २ विकेट गुमाएर ७१ रन बनाएर खेलिरहेकाे छ। पुजाराले व्यक्तिगत २८ र कोहलीले व्यक्तिगत २१ रन जोडेका छन्।

अन्य सम्बन्धित समाचार:  साम्बाको ह्याट्रिक: एपीएफको विजयी सुरुवात

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन म्याचको एक दिवसीय र टी- ट्वेण्टी सिरिज खेलिसकेको छ।