लेखा समितिले स्वास्थ्यमन्त्री ढकाललाई छलफलको लागि बोलायो

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छलफलको लागि बोलाएको छ। स्वास्थ्य सामग्री खरिदमा अनियमितताबारे छानबिन गरिरहेको समितिले सोही विषयमा छलफल गर्न शुक्रबार १ बजे मन्त्री ढकाललाई बोलाएको हो।

समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो। तर अहिले मन्त्रीसँगको सल्लाहमा उनको समय मिलेपछि नै बोलाइएको समिति सभापति भरत शाहले जानकारी दिए।स्वास्थ्यमन्त्रीका साथै स्वास्थ्य सचिवलाई पनि छलफलमा बोलाइएको छ। यसअघि समितिले तत्कालीन स्वास्थ्य सचिवहरू, स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुखलाई पनि सोधपुछ गरेको थियो।

कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको र कमसल सामग्री खरिद गरिएको भन्दै लेखा समितिले छानबिन गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन