प्रत्येक जिल्लामा गरिबका लागि घर बनाउँछु: अभिनेत्री एलिजा गौतम

काठमाडाै‌। ‘अनुराग’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री एलिजा गौतमले एलिजा फाउण्डेसनबाट दुर्गम र विकटका गरिब, असहायहरूको लागि घर निर्माण गर्ने घोषणा गरेकी छिन्।

फेसबुकमा उनले लेखेकी छन्, ‘छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरूको लागि प्रत्येक जिल्लामा दस/दस वटा घरहरू निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु। यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं ।’

यो घोषणासँगै पहिलो चरणको काम धादिङबाट सुरु हुने उनले बताएकी छन्।

पत्रकार ऋषि धमलासँग विवाह गरेकी गौतमले आँउदो केही समय बाहिरी ब्यानरमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!