काठमाडौं। मन्त्रिपरिषद्को बैठक बिहीबार बस्दैछ। साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकारले गत मंगलबार ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा अोलीले बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद्को बैठक बोलाएका बुझिएको छ। यसअघि, बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले गएको मंगलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।