जोरबिजोर प्रणाली शुक्रबारबाट हट्ने

काठमाडौं। काठमाडौं उपत्यकाका सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ। बिहीबार तीनवटै जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी र यातायात व्यवसायीको छलफलपछि निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर प्रणाली शुक्रबारबाट हटाउने निर्णय भएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले असोज १ बाट लगाइएको जोरबिजोर प्रणालीलाई अर्को व्यवस्था नभएसम्मका लागि हटाइएको जानकारी दिए। यातायात व्यवसायी तथा मजदूर युनियनका प्रतिनिधिहरुले गत मंसिर १८ गते सीसीएमसी र डीसीसीएमसी कार्यालयलाई ध्यानाकर्षण गराउँदा समेत सरकारले जोरबिजोर हटाउने विषयमा निर्णय नगरेको भन्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका थिए।

कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि, २२६ डिस्चार्ज