मस्जिद तथा मदरसाहरु खुला: सामाजिक दूरी कायम गरी नमाज पढ्न आग्रह

काठमाडौं।

कोरोना महामारीका कारण बन्द भएका मस्जिद तथा मदरसाहरु खुला भएका छन्। मठ–मन्दिर तथा धार्मिक तीर्थस्थलहरु खुलेसँगै मुस्लिम आयोगले बिहीबार एक विज्ञप्ति जारी गरेर मुस्लिम समुदायले नियमित रुपमा पढ्ने ५ पटकको नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाजमा सामाजिक दूरी कायम गर्न आग्रह गरेको हो।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले काठमाडौंको हकमा नियमित रुपमा ५ पटक पढिने नमाज खुला गरिए पनि धेरै भिड हुने शुक्रबारका दिन पढिने जुम्माको नमाज आ-आफ्नो मस्जिद कमिटीले निर्णय गरी पढ्न आग्रह गरिएको बताए।

कोरोना कारण मुस्लिम समुदायले नियमित रुपमा पढ्ने नमाज, शुक्रबारका दिन पढिने जुम्माको नमाज, रमजान महिनामा पढ्ने तरावी नमाज घरमा नै पढेर सहयोग गरेकोमा आयोगले मुस्लिम समुदायहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ।

अन्य सम्बन्धित समाचार:  खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु