सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन हुन्छ: उखु किसान

काठमाडौँ। आफूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत उखु किसानले जनाएका छन्। उनीहरुले सरकारकाे नाममा साेही व्यहोरासहितको पत्र पठाएका छन्।

गत मङ्सिर २९ गते समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाफ दिँदै उखु किसानले भुक्तानीको पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका हुन् ।

चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको उनीहरुको गुनासो छ। आन्दोलनरत किसानले भुक्तानीका लागि सरकारलाई दुुई शर्त अगाडि सारेका छन्। यसअघिको उधारो सम्झौताले किसानले अझै पनि उखुको भुक्तानी पाउन नसकेको भन्दै उनीहरुले बक्यौता भुक्तानी भए मात्र आफूहरु तत्काल घर फर्कने बताएका छन्।

अन्य सम्बन्धित समाचार:  मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षणको तयारी

सरकारी पत्रको जवाफ दिँदै उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले उद्योगीले किसानलाई बक्यौता भुक्तानी नदिएसम्म आफूहरुको शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन्।