देशभर थपिए ७७६ जना कोरोना संक्रमित: ९४७ डिस्चार्ज

संक्रमित

काठमाडौं।

नेपालमा थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ८८ जनाको नमूना परीक्षण गर्दा काठमाडौं उपत्यकामा ३६३ सहित देशभर ७ सय ७६ जना नयाँ संक्रमित भेटिएका हुन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ।

सोही अवधिमा थप ९ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ५८० जना सक्रिय संक्रमित छन्। हाल ४४४ जना क्वारेन्टाइनमा तथा देशभर ३ सय ४० जना आईसीयू र भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

यस्तै बिहीबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ।